एम. पि. एच. मा नाम निस्केपछि नौलो घुम्तीमा मैले राजिनामा दिइसकेको थिएं । अब काठमाण्डौ जान एक हप्तामात्र बाँकि थियो । हुन त काठमाण्डौमा पढाइ शुरु भैसकेको थियो र लगभग पन्ध्र दिन जति मेरो पढाइ छुटिसकेका पनिे थियो तर म अझै पनि काठमाण्डौ गएर पढ्न तयार भैसकेको थिइन । वास्तवमा म काठमाण्डौ जान अघि शहरको कोलाहालबाट टाढा, घर परिवारबाट पर, कुनै रमाइलो र शान्त वातावरणमा गएर केहि दिन बिताउन चाहन्थें । काठमाण्डौ गएर फेरी ठेलीका ठेली किताब पल्टाउन र लामा लामा लेक्चरहरु सुन्न अघि मैले बिगत दुइ वर्षपोखरामा काम गर्दा संगालेका तिता मीठा अनुभवहरुलाइ यतै बिसाउन चाहन्थें म । एक दिन युवा अभियानको अफिसमा भेट भएको बेला साथी जीवनले म्याग्दी हुदै नागीसम्म ट्रेकिङ्ग जाने प्रस्ताव ल्यायो । मलाई त के खाज्छस कानो आखो भने जस्तै भयो । मैले तुरुन्तै जीवनको प्रस्तावलाइ स्वीकार गरें र हामीले ट्रेकिङ्गको योजना बनायौं ।
हाम्रो योजना मुताबिक भोलिपल्ट जीवन र म बिहान सात बजे नै यवा अभियानको अफिसमा भेट भयौं र जीवनको बाइकमा म्याग्दी तिर लाग्यौं । शुरुमा त जीवनले मलाइ बाइकमा जाने भन्दा अलि डर लागेको थियो तर जीवनको बीचमा एक दई ठाउमा काम भएकाले र गाडीमा जादा ढीला हुने हनाले हामी बाइकमा नै जाने सहमतिमा पगेका थियौं । पोखराबाट हिडेको डेढ घण्टामा हामी लुम्ले पुग्यौं । खाना खाने बेला भैसकेको थियो त्यसैले हामीले लुम्लेमा नै खाना खाएर अगाडि बढने निर्णय गर्यौं र सोनाम लजमा पस्यौं । लजको साहुजी खुशीमान दाइसंग जिवनको पहिले देखि नै राम्रो चिनजान रहेछ । लजको टेरेसमा बसेर हामी थकाइ मार्दै गफ गर्न थाल्यौं । “सरकारको नेतृत्व माओवादीले नै गर्ला त - यदी माओवादीले नै गर्यो भने नेपाललाई अन्तराष्ट्रीय स्तरमा कस्तो सहयोग प्राप्त होला - माछापुच्छ्रेलाई पर्वतारोहणका लागी खुला गर्नुहन्छ की हुदैन - अरवीन तीमिलसेना किन सगरमाथाको त्यती नजिक पुगेर पनि शिखर चम्न सकेन - के वास्तवमा नै उसलाइ मौसमले साथ नदिएको हो वा उसको शिखर चुम्ने सपनालाई असफल बनाइएको हा - झलक दाइले बनाएको डाडाघरे वाइनलाइ किन राज्स्व बिभागले स्वीकृत नदिएको होला -” यिनै बिषयमा छलफल गर्दागर्दै खुशीमान दाइले भात र सुकुटी लिएर आउनुभयो । यहां पहिले नै खाना बनाएर राख्ने भन्दा पनि गा्रहक आएर अडर गरे पछी मात्र खाना बन्दो रहेछ । खुशीमान दाइले बनाएको सुकुटी साह्रै मीठो थियो । बि. पि. एच. पढदा मैले बफ मःम, सुकुटी वा सेकुवा सबै खान छाडीसकेको थिए । तर पछि जागिरको शिलशिलामा पोखरा आएपछी “ टिपटप र मम किङ्गले” गर्दा फेरी बफ खाने बानी बस्यो । मटन बफ दुइटै चल्ने हुनाले हामीले खुशीमान दाइलाई के को सुकुटी हो भनेर सोद्धै नसोधि खायौं र वास्तवमा सुकुटी साहै मिठो थियो र हामी पर्वत हुदै बाग्लुड पुगुन्जेल यस्को धेरै नै चर्चा भयो । हामी लगभग तिन बजे तिर बाग्लुड पुगेका थियौं त्यहां एकदुइ ठाउंमा जीवनको काम सकाउदा चार बज्यो र हामी चार बजे बाग्लुड बाट म्याग्दी तर्फहिडयौं ।
म पोखराबाट बाग्लुङ्ग त धेरै चोटी आएको थिएं तर म्याग्दीको मेरो यात्रा भने यो पहिलो थियो । म्याग्दी जानकोलागी मालढुङ्गाबाट कालीगण्डगीको तिरै तिर हुदै एउटा कच्ची बाटो जादो रहेछ त्यहीबाटो हुदै जान पर्नै रहेछ । कच्चीबाटो भएकाले ज्यादै डर लागेको थियो । कतिपय ठाउमा त मैले बाइकबाट झरेर बाइक धकेल्न पनि परयो । लगभग एक डेढ घण्टाको बाटो बाइकमा हिडेपछि म्याग्दी आइपुग्यो । जीवनले खोलावारी बाटै त्यही हो म्याग्दी शहर भनेर देखायो । टाढाबाट हेर्दा म्याग्दी शहर ज्यादै राम्रो लाग्यो । साथै पोहोर साल माओवादी र आर्मीको दोहोरो भिडन्त भएको ब्यारेक पनि जीवनले मलाइ परबाटै देखायो । हो त त्यो ठाउ त मैले टिभिमा देखेको थिएं जहा सयौ लाशहरु देखाइएका थिए । अझै पनि सम्झंदा पनि कहालीलाग्छ त्यो दृष्य ।
हामी ठिक्क छ बजे म्याग्दी पुग्यौं । म्याग्दीमा कान्तिपुरका सम्वाददाता घनश्याम खड्कासंग भेट भयो । घनश्यामजी, म र जीवन कालीगण्डकी नदीको छेवैमा रहेको माइ क्याफे (My Cafe) मा बसेर खाजा खायौं । दिनभरी पोखरादेखी बाइकमा हिडेका हामी म्याग्दी आइपुग्दा ज्यादै थाकेका थियौं । कालीगण्डगीको छेवैमा बसेर चिसो बियर र मःम खांदा ज्यादै रमाइलो भयो । घन्ाश्यामजीको लेखहरु त कान्तिपुरमा धेरै पहिले देखिनै पढदै आएको थिएं तर आज वहांसग पत्यक्ष रुपमा भेटेर गफ गर्दै बियरको चुश्कि लिदा ज्यादै रमाइलो भयो । क्याफेमा बसेर गफ गर्दा गर्दै झमक्कै साdm परेछ हामीलाइ त पत्तै भएन । त्यसपछी कता बस्ने भनेर कुरा हुनथाल्यो । केहीबेरको छलफलपछी गलेश्वरमा बस्ने नीधौ गर्यौं हामीले र त्यतै तिर लाग्यौं । गलेश्वर भन्ने बस्ती म्याग्दी भन्दा अली माथी एकान्त ठाउमा कालीगण्डगीको तिरैमा रहेछ । हामी बसेको “प्याराडाइज होटल” सांच्चै नै प्याराडाइज नै थियो । शान्त र एकान्तमा रहेको होटेलको कोठामा कालीगण्डकीको कलकल बगेको आवज प्रश्टै सुनिन्थ्यो । हामीलाइ होटेलसम्म छोड्न आउनुभएको घनश्याम जी पनि हाम्रो धेरै अनुरोधपछी हामीसंगै होटलमा बस्नुभयो ।
भोलीपल्ट बिहान उठेर जीवनको एक दुइ ठाउमा रहेको काम सकायौं र तातो पानी तीर लाग्यौं । वास्तवमा पोखराबाट हिंडदा हाम्रो योजना नागी जाने थियो तर म्याग्दी आइसकेपछि हामीले आफनो योजना परिवर्तन गरेर तातो पानीसम्म पुग्ने योजना बनायौं । हालसालै नेपाल आर्मीले म्याग्दीदेखी मुक्तीनाथसम्मै मोटरबाटो बनाएको रहेछ तर बषर्ा याममा भने गाडी नजांदो रहेछ र बाटो पनि साहृै हिलो हुनेरहेछ । हामी बाटो हिलो छ भन्ने थाह हुदा हुदै पनि जहांसम्म पुगिएला पुगिएला भन्दै बाइकमा नै हिंडयौ । पहाडलाई खोपेर बनाइएको बाटो कालीगण्डकीको तीरै तीर र पहाडै पहाडको बिच भएर जादो रहेछ । कतै कतै बाटो राम्रो भएता पनि धैरे जसो ठाउमा एकदम हिलो र चिप्लो थियो । यदि केहि गरी बाइक चिप्लेर एक इन्च मात्रै छेउमा गयो भने सिधै खालामा पुगिने डर । तर जीवनले कत्ति पनि नहडबडाइ राम्रैसंग बाइक चलायो । हाम्रो यात्रा ज्यादै रमाइलो भएकोमा हामी ज्यादै खुशी थियौं र हाम्रो यात्रालाई घरी चे ग्वेभाराले “मोटरसाइकल डायरीमा” गरेको यात्रा त घरी Into the wild भन्ने मुभीमा हिरोले गरेको साहशीक यात्रा संग हाम्रो यात्रालाइ तुलना गर्थयौं । सांच्चै नै त्यस्तो अप्ठयारो र जोखिमयुक्त बाटोमा मोटरसाइकलमा गुड्दा त घरी घरी आफु नै चे ग्वेभारा भएर मोटरसाइकल डायरी भन्ने डकुमेन्ट्रीमा चे ग्वेभाराले गरेको यात्रा जस्तै लाग्थयो तर Thanks God जीवनले उक्त डकुमेन्ट्रीमा झैं बाइक चाहिं पल्टाएन । लगभग आधा घण्टा जति बाइकमा हिंडेपछि बाइकको चक्काभरी हिलो भरिएर बाइक गुडाउनै नमिल्ने हुन्थ्यो । त्यसपछी हामी बाइक रोकेर बाइकको चक्का र बम्परमा टांसिएको हिलो फाल्थ्यौं र पुन अगाडि बड्थ्यौं । यसरी कहिं गुडाउंदै त कहिं घिच्चयाउदै लगभग दुइ घण्टा जति बाइकमा हिंडेपछि हामी यस्तो ठाउमा आइपुग्यौं जहांबाट बाइकमा अगाडि जान असम्भव प्राय थियो । त्यसपछि त्यहीं छेवैको घरमा बाइक पार्किङ्ग गरेर हामी हिंडन थाल्यौं । हामीले यहांका स्थानीय मानिसंग बुझदा त्यहांबाट हिडेर तातोपानी पुग्न अझै चार देखि पांच घण्टा लाग्ने थाह पाए पछि हामी कस्सिएर हिंड्न थाल्यौं । तातो पानि पुगुन्जेल बाटोमा ज्यादै रमाइला गफहरु भए । तातोपानी पुगेपछि हामीले तातोपानीमा डुबुल्की मार्यौं । मैले शुरुमा त सोचेको थिएं तातो पानी भन्ने मात्रै होला पानी मनतातो मात्रै हुन्छ होला तर त्यहाकेा पानी त मैले सोचेको भन्दा ज्यादै नै तातो हुदोरहेछ । तातो पानीमा नुहाउनाले बाथ लगाएत बिभिन्न छालाका रोगहरु निको हुन्छ भन्ने मान्यता हाम्रो गाउघर तिर पाइन्छ । तातो पानीमा लगभग एकघण्टा डुबुल्कीमारे पछि हामी होटल खोज्न लाग्यौं । ट्रेकिङ्ग रुट र मुक्तिनाथ जानेबाटो भएकाले यहां पनि राम्रै हाटेलहरु पाउदोरहेछ । हामीले कटेज स्टाइलको एउटा होटेलमा बस्ने निधौ गर्यौं र त्यहीं बस्यौं । कोठामा केहिबेर आराम गरेपछि हामी तातो पानि बजार घुम्न निस्कियौं । यो एउटा पुरानो बजार रहेछ र यसको आकर्षा भनेको तातो पानी नै रहेछ । प्राय जसो हिडेर मुक्तिनाथ जाने यात्रीहरुको लागी म्याग्दीबाट हिंडेपछिको पहिलो दिनको बास बस्ने ठाउ यो तातोपानी नै हुदोरहेछ त्यसैले यहा प्रशस्तै होटलहरु थिए । तर अफ सिजन भएकाले होला विदेशी पर्यटकहरु भने फाट्टफुट्टमात्रै देखिन्थे । बेलुका खाना खान अगाडी मैले मार्फ चाखें तर ज्यादै कडा भएकाले एक गिलास पनि बडो मुकिलले सकियो । तर जीवनले भने दुइ बोतल बियर खायो । खाना खाइसकेपछि त्यही होटलमा बसेका एकजना ब्राजिलियन पर्यटक र होटलकै साहुजीसंग लगभग एक घण्टा गफ गरयौं र सुत्न गयौं । लगभग दुइघण्टाको बाइकको यात्रा र चारघण्टाको पैदल यात्राले गर्दा साहृै थाकेका थियौं । कटेजमा आएर आ आफनो बिस्तारामा बसेर हामी गफ गर्दा गर्दै कतिबेला निदाइएछ पत्तै भएन । भोलीपल्ट बिहान सबेरै उठेर जीवन र म पोखरा तर्फहिडंयौ । यसरी हाम्रो पोखरादेखि तातोपानि सम्मको यात्रा ज्यादै रमाइलो र सफल रहृयो ।

No comments:
Post a Comment