Saturday, January 16, 2016

आज अचानक..................

आज अचानक दैनिकी साह्रै monotonus भएको अनुभव भयो। लेख्ने पढ्ने बानी त हराएर गएछ । कुनै एउटा समय थियो हरेक हप्ता नयाँ नयाँ पुस्तक पढेर सकाएको हुनै पर्थ्यो मलाई, हरेको दिन सुत्नु भन्दा अगाडि ब्लग मा केही न केही लेखेकै हुनुपर्थ्यो । आज ब्लग हेरेको त , ब्लग मा कुनै लेख नलेखेको पनि दुई बर्ष हुन लागिसकेछ । हैट समय जती सबै फेस्बूक  टुइटर्  र youtube ले खाएछ । सिर्जन्सिलता भन्ने चिज सबै मरेर गएछ । आजकाल ते केही कुरा लेख्न खोज्यो भने पनि हात नै सर्दैन, दिमाग मा केही आउन्दैन । कम्प्युटर को अत्यधिक प्रयोग, जे कुरा पनि गूगल मा खोज्ने बानी र कपि पेस्ट सिन्ड्रोम ले दिमाग त साह्रै बोधो बनाएछ । सधैं यस्तै भयो भने त खत्तम हुन्छ । अब जीवन सैली मा फेरी परिवर्तन गर्नु पर्ने बानी गर्नु पर्ने भो । दैनिकी लाई सिर्जन्सिल बनाउनुपर्छ । हरेक हप्ता नयाँ नयाँ पुस्तक हरु पढ्ने बानी बसाल्नु पर्छ अनी सधैं केही न केही लेखिरहनु पर्छ ।

No comments: